प्रेस बिज्ञप्ती
            हाम्रो पार्टी नेकपा माओवादीका पश्चिम केन्द्रीय कमाण्ड सदस्य एवंम अर्घाखाँची जिल्ला इन्चार्ज कमरेड ठाकुर कुमार भाट क्षेत्री लाई विगत लामो समयदेखि प्रहरी प्रशासनले बन्धक बनाइ राखेको र अर्घाखाँची सिद्धगंगा नगरपालिका वार्ड नम्बर ९ मा आगो लगाउने बम पड्काउने भनेर विगत १ वर्षदेखि अनिर्णयको बन्दी बनाई राखिएको र अहिले स्थानीय वडा अध्यक्ष नगरपालिका र केही ठेकेदारहरुले जबरजस्ती सि डि यो सँग मिलेमतो गरी हाम्रो पार्टीका अर्घाखाँची जिल्ला इन्चार्ज लाई फसाइएको मा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।दलाल ओली रामे सरकारले धमाधम हाम्रा नेता कार्यकर्ता लाई पक्राउ गरी झुटा मुद्दा लगाउन नरोके दलाल सरकारले माओवादीको शक्ति कस्तो हुन्छ। भन्ने स्वयंम बिचार गर्दा राम्रो उत्तम हुनेछ।माओवादी लाई खिसिर खिसिर नजिस्काईयोस् जगंलकरको बाघ शीत जोरी खोज्दा के हुन्छ। त्यो इतिहास मा पुष्टि भईसकेको छ।तसर्थ: तुरुन्त झुट्टा मुद्दा खारेज गरी यथाशिघ्र रिहाई गरियो नत्र यसको परिणाम निकै छिटै समय मै देखाइदिने चेतावनी दिन चाहन्छौ।
मिति:२०७६/३/११                                                                                             कमरेड प्रताब
                                                                                                                         इन्चार्ज 

Comments

Popular posts from this blog

माओवादीले खुलायो जनमुक्ति सेना भर्ना राष्ट्रियताको रक्षाका लागि जनमुक्ति सेना आबस्यक रहेको ठहर!